Shikhar Insurance
National Life

नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ गते हुने, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सम्मेलन आयोजनाबारे नेपाल चेम्वर अर्फ कमर्ष (एनसीसी र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) बीच सम्झौता भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘Economy for a Sustainable and Resilient Future’  मुल नाराका साथ आयोजना हुने यस सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग/व्यवसायीक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय/क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ/विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोबीचमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिने र उक्त बहस सत्रहरुबाट प्राप्त हुने दुरगामी महत्त्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्षका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्र्दभमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रकोवीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने बिश्वास व्यक्त गरे ।

त्यसैगरी, नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशनलगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने उनको भनाई छ ।

समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/संचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्