Shikhar Insurance
National Life

सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँ: सांसद कार्की

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएक हुन् ।

उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले हरेक भन्सार कार्यालयहरुमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरु रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले भन्सार व्यवस्थालाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भन्सारहरु अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले व्यापार, आन्तरिक उत्पादन वृद्धि गरी आयातलाई निरुत्साहित गर्नेकुरामा जोड दिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री महतले आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा सरकार अघि बढिरहेको जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्