काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० मा पुगेको हो ।
मंगलबार ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९ सय ३९ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तैm आज सृजनशिल लघुवित्तको ९ प्रतिशत, नेपाल रिपब्लिक मेडियाको ७.४६ प्रतिशत, समाज अघुवित्तको ५.८७ प्रतिशत सहित २३२ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्