Shikhar Insurance
National Life

३०.३६ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ४१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रिको कम्पनीको १ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबर संकलन भएको छ । नेपाल रिको ६४ करोड २५ लाख रुपैयाँ संकलन भएको छ ।

मंगलबार १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंक सेयरमा नकारात्मक सकिर्ट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्