Shikhar Insurance
National Life

बैंकिङ कसुरका फरार दोषी पक्राउ

सिंहदरबार संवाददाता
२०७८ श्रावण १, शुक्रबार २१:३३
Hyundai
NCELL
NIMB

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरका फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।

कार्यालयका अनुसार उनलाई विषेश अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ कसुरमा २२ लाख जरिवाना र आठ दिन कैद तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचीमा रहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनलाई शुक्रबार दिउँसो भरतपुर महानगरपालिका–९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ परेका उनलाई शुक्रबार नै जिल्ला अदालत चितवनमा बुझाइएको छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्