Shikhar Insurance
National Life

फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। इच्छुक व्यक्तिहरुले चैत  छिटाेमा ३ गते र ढिलोमा चैत १२ गते भित्र आवेद दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्