काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । मंगलबार छापावाला सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्