काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ मा को बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २ सय ५८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५ सय ९५ रुपैयाँ बराबर कारोबार भएको छ ।
सोमबार ५१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रिको कम्पनीको १ अर्ब ३८ करोड करोड ७४ लाख रुपैयाँ बराबर संकलन भएको छ । नेपाल रिको ७३ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।
सोमबार १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको सेयरमा नकारात्मक सकिर्ट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्