Shikhar Insurance
National Life

५ करोड खर्चेर गुल्मीमा पक्की पुल निर्माण

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १९, सोमबार १३:०७
Hyundai
NCELL
NIMB

गुल्मी । गुल्मीको पनाहा खोलामा ५ करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको ५ करोड ६ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको होे ।

रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताए । पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाकोे लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टङ्कप्रसाद श्रेष्ठले जानकारी दिए । ‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,’ उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्