काठमाडौ । महालक्ष्मी विकास बैंकको वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन सम्पन्न भएको छ ।
बैंकले फागुन १५ गते र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नाराका साथ सो वाकाथन सम्पन्न गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्ने बैंकले जनाएको छ ।
हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्