Shikhar Insurance
National Life

चोभार सुक्खा बन्दरगाहको प्रभावकारिता बढ्दै, तातोपानी नाकाबाट पनि जाँचपासका लागि गाडी आउन थाले

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १८, आईतवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । चोभार सुक्खा बन्दरगाह भन्सारमा जाँचपास हुने कन्टेनरको संख्या बढ्न थालेको छ । वीरगंज भन्सार कार्यालयबाट मात्रै आउने गरेकोमा तातोपानी भन्सार नाकाबाट पनि आउन थालेको हो ।

चोभार सुक्खा बन्दरगाह २०७८ चैत्र २२ देखि सञ्चालनमा आएको हो । चोभारमा वीरगञ्जबाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनहरु भन्सार जाँच पासका लागि आउने गरेकोमा मिति २०८१ फागुन १५ गते देखि तातोपानी नाकाबाट समेत चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि मालवाहक सवारी साधनहरु आउन शुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मिति २०८१ फागुन १५ गते कोभेक-क्रिग-कालिका जोइन्ट भेन्चर (Covec-Cregc-Kalika joint venture) कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरु पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो ।

अर्थ मन्त्रालयले २०८१ कार्तिक गते राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो । यसअघि दक्षिणी नाकाहरु वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।

तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरुले नियमित रुपमा मालवाहक सवारी साधन सवारी चोभार आउने जानकारी समेत कार्यकारी निर्देशकले बताए । त्यसैगरी, आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ । काठमाडौमा आयात हुने सामान र काठमाडौ वरिपरीबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरुलाई कार्यकारी निर्देशक आशिष गजुरेलले जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्