काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ मा पुगेको छ ।
आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार बढी कारोबार भएको छ ।
आइतबार समाज लघुवित्तको सेयरमा नकारात्मक सकिर्ट लागेको छ भने आज ५७ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्