Skip to content
Shikhar Insurance
National Life

नेप्सेको सीईओमा आवेदन दिने समय थपियाे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आवेदन दिने समय थप गरेको छ ।

नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज (आइतबार) एक सूचना जारी गर्दै आवेदन दिने म्याद ७ दिन थप गरेको हो ।

इच्छुक उम्मेदवारले फागुन २५ गते (आइतबार) कार्यालय समयसम्म आवेदन दिन सकिने समितिले जनाएकाे छ । यसअघि समितिले फागुन १२ गते सूचना जारी गर्दै फागुन १८ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।

इच्छुक नेपाली नागरिकहरुले तोकिएको समयावधिभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्ने समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्