काठमाडौं । सयुक्त राज्य अमेरिकाले रुस-युक्रेन युद्धमा रसियाको पक्ष लिएपछि युरोपियन देशहरु युक्रेनको पक्षमा उभिएका छन् । अमेरिकाले युक्रेनलाई घाटा हुनेगरी युद्धको अन्त्य गर्न चाहेपछि विवाद चुलिएको हो ।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेनेस्कीबिच ओभल अफिसमा वार्ता भएको थियो । वार्तामा दुबै पक्षबिच चर्को आरोप-प्रत्यारोप चलेपछि युद्ध रोक्ने विषयमा सहमति नजुटेको हो । ओभल अफिसमा सहमति नजुटेपछि जेलेनेस्की सिधैं बेलायत हानिएका थिए ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा भेट हुँदा उनलाई “संयुक्त अधिराज्यभर पूर्ण समर्थन” भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पर युक्रेनी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्तापछि बेलायत पुगेका युक्रेनी राष्ट्रपतिले आफ्नो देशले ‘यस्ता मित्र’ पाएकोमा आफू खुसी रहेको बताएका छन् ।
जेलेन्स्की र सर केइरले युक्रेनी सैन्य आपूर्तिका लागि २.२६ अर्ब पाउन्डको ऋणमा पनि हस्ताक्षर गरेका छन्। सो ऋण युक्रेनले फिर्ता गर्नुपर्ने हुन्छ भने यसबाट आधुनिक हतियार किन्न प्रयोग गर्नेछ । शनिबारको बैठकपछि सर केइरले ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग कुराकानी गरेका थिए ।
युरोपका पावर हाउस बेलायत, फ्रान्स, इटाली, जर्मनीले युक्रेनी भुमिमा सेना नै खटाउन तयार भएका छन् । युक्रनेको विषयलाई लिएर १ हप्ताअघि बेलायत फ्रान्सका प्रधानमन्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर वार्ता गरेका थिए । यषुरोपियन देशहरुले रुस युरोपका लागि खतरनाक भएको भन्दै सुरक्षा ग्यारेन्टीको माग गरिहरेका छन् ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई निर्वाचनमा असहयोग गरेको भन्दै जेलेनेस्कीसँग बदला लिन खोजेका छन् ।उपराष्ट्रपति डीजे भान्सले शुक्रबारको वार्तामा चुनावको बेलामा पेन्सिलभेनियामा आफ्नो पार्टी विरुद्ध अभियान चलाएको आरोप लगाएका थिए ।
ट्रम्पसँग झगडा गरेर निस्केपछि जेलेनेस्कीलाई युरोपेली नेताको साथ, युक्रेन ‘एक्लो छैन’
प्रतिक्रिया दिनुहोस्