Shikhar Insurance
National Life

तेस्रो विश्व युद्धको लागि ग्याम्बलिङ गरेको आरोप लगाएपछि, ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १७, शनिबार १३:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उनिहरुबीच भनाभनको अवस्था आएको हो ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भने,“तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।” रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले उनिहरूबीच भनाभनको अवस्था आएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। ’तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,” ट्रम्पले भने । अमेरिकी राष्ट्रपतिले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिएपनि युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण गरेका हुन् ।

फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो । यद्यपि, उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि ‘कूटनीति’ आवश्यक रहेको बताएपछि आक्रोश चुलिएको थियो । भान्सको भनाइपछि जेलेन्स्कीले ‘कस्तो प्रकारको कूटनीति’ भनेर साधेका थिए र भान्सले त्यसपछि उनलाई राष्ट्रपतिको कार्यालयमा ‘अपमानजनक’ भएको आरोप लगाएका थिए ।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो। राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफू र ट्रम्पबीच हुन पुगेको विवाद ‘दुवै पक्षका लागि ठीक नभएको’ प्रतिक्रिया दिए । सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन् । वार्ताका क्रममा ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताए र जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरेको बताएको अमेरिकी राष्ट्रपतिको कार्यालय निकट स्रोतले जनाएको छ ।

टी-सर्ट र पाइन्ट लगाएर महत्वपुर्ण मिटिङमा उपस्थित भएको भन्दै पत्रकारले जेनेस्कीमाथी अमेरिकामाथी अपमान गरेको आरोप लगाएका थिए । तर जेलेनेस्कीले आफू समस्यामा रहेको भन्दै कोट महँगो हुने भएकाले सस्तोका लागि कोट नलगाएको बताए । उनले युद्ध अन्त्य भएपछि मात्रै कोट लगाउने बताए ।

ओभल अफिसमा भएको ५० मिनेटको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प र उपराष्ट्रपति डीजे भान्सले जेलेनेस्कीलाई गलाएर रुसको पक्षमा सम्झौता गर्न दबाब दिएका थिए । अमेरिकाले ३ खर्ब ५० अर्ब डलर बराबरको सहयोगले मात्रै युक्रेन युद्धमा टिक्न सकेको बताएका थिए । यदी अमेरिकाले हात झिके युक्रेनले २ हप्तामै युद्ध हार्ने ट्रम्पले बताए । वार्ताकै क्रममा भनाभन भएपछि ३ वर्षदेखि चलिरहेको युद्ध झनै अन्योलमा परेको छ ।

युक्रेनी खनिज पाइने भएपछि ट्रम्पको युटर्न, खर्बौ डलरको प्राकृतिक स्रोतमा ह्वाइट हाउसमा सम्झौता हुँदै

 

GBIME

प्रतिक्रिया दिनुहोस्