Shikhar Insurance
National Life

कनेक्ट आइपिएसको कारोबार बढ्यो, वालेटको घट्यो

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार २१:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

घट्यो वालेटको कारोवार

वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख बराबरको कारोवार भएकामा जेठमा आठ अर्ब ३५ करोड ३० लाख बराबरको कारोवार भएको छ । गत वैशाख महिनाको तुलनामा जेठमा मात्र एक अर्ब ७५ करोड ३० लाखले कारोवारमा कमी आएको हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोवारमा ५६ करोड १० लाखले कमी आएको छ । वैशाखमा दुई अर्ब ५२ करोड ९० लाख कारोवार भएकामा जेठमा एक अर्ब ९६ करोड ८० लाख बराबरको कारोवार भएको छ । यस्तै गत वैशाखको अनलाइन (इ–कमर्श)का माध्यमबाट ७६ करोड ८० लाख बराबरको कारोवार भएकामा जेठमा कारोवार रकममा कमी आई १६ करोड १० लाख बराबरको कारोवार भएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्