Shikhar Insurance
National Life

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार १४:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं, विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् ।

प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्