Shikhar Insurance
National Life

१८ हजार करोडमा एअर इण्डिया बेच्ने डिलका मास्टर माइन्ड वित्त सचिव पाण्डे बने सेबिको अध्यक्ष

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार १४:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय पुँजी बजारको सर्वाेच्च नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबि)ले नयाँ नेतृत्व पाएको छ । भारतको केन्द्र सरकारले वित्त सचिव तुहिन कान्त पाण्डेलाई सेबिको अध्यक्ष नियुक्त गरेको हो । पाण्डेले सेबिको ११ औं अध्यक्ष बन्ने पाएका हुन् ।

ओडिशा क्याडरका आईएएस अफिसर पाण्डेले सेबिमा माधवी पुरी बुचको स्थान लिनेछन् । विवादले भरिएको बुचको तीन बर्षे कार्यकाल फेब्रुअरी २८ तारिखका दिन समाप्त हुँदैछ ।  बुच भने आफ्नो कार्यकाल भर विवादै विवादमा परिन् । सेबिको पहिलो महिला अध्यक्षका रुपमा बुचले सन २०२२ को मार्च २ देखि नेतृत्व गरिरहेका छिन् । अमेरिकी रिसर्च संस्था हिंडनवर्गले बुचले विदेशी फण्डमा लगानी गरेको रिपोर्ट प्रकाशित गरेको थियो, जसको प्रयोग अडानी समुहले गरेको देखिन्थ्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार बसेको मन्त्रिमण्डलको नियुक्ती समितिले पाण्डेलाई सचिव नियुक्तका लागि गरिएको सिफारिस सदर गरेको हो । उनले आगामी ३ बर्ष सेबिको नेतृत्व गर्नेछन् ।

यतिबेला भारतीय पुँजी बजारका विदेशी संस्थागत लगानीकर्ताहरुले आफ्नो सेयर बेचेर पैसा लगिरहेका छन् । विदेशी लगानीकर्ता पुँजी बजारबाट बाहिरन थालेपछि भारतीय सेयर बजारमा मन्दी देखिन थालेको छ । जनवरीदेखि हालसम्म विदेशी लगानीकर्ताहरुले एक लाख करोड भारु भन्दा बढीको सेयर बेचेर रकम लगिसकेका छन् ।

पीटीआईका अनुसार पाण्डेले सचिवका रुपमा डिपार्टमेन्ट अफ इन्भेष्टमेन्ट एण्ड पब्लिक एसेट मेनेजमेन्ट(डीआईपीएएम)मा सबै भन्दा लामो समय काम गरेका थिए । यो वित्त मन्त्रालयको एक विभाग हो जसले सार्वजनिक क्षेत्रका कम्पनी तथा डिपार्टमेन्ट आफ पब्लिक इन्टरप्राइजेज(डीपीई)मो सरकारी लगानीको प्रबन्धन गर्छ ।

संजय मलहोत्राले आरबीआई गभर्नर नियुक्ती पाएपछि ९ जनवरीदेखि राजश्व विभागको जिम्मा सम्हालेका थिए ।

पाण्डेले सन २०२५–२६ को बजेट निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । जुन बजेटले मध्यम वर्गलाई करमा ठूलो राहत दिएको थियो । नयाँ आयकर कानुन बनाउन पनि पाण्डे संलग्न थिए । जुन कानुनले ६४ बर्ष पुरानो आयकर कानुन १९६१ लाई विस्थापित गर्छ ।

पाण्डेले एअर इण्डियाको निजीकरणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन २०२१ अक्टोबर ८ तारिखका दिन सरकारले एअर इण्डिया निजीकरणको बोलकबोल प्रतिष्पर्धामा टाटा समुहलाई बिजेता घोषणा गरेको थियो । टाटा समुहले एअर इण्डियाका लागि १८ हजार करोड रुपैयाँ मूल्य तिर्ने कबुल गरेको थियो । सन २०२२ जनवरी २७ तारिखका दिन टाटा समुहले एअर इण्डियाको स्वामित्व प्राप्त गरेको थियो । पाण्डेले आइडीबीआई बैंक निजीकरण योजनामा पनि भूमिका खेलेका छन्, यद्यपी यो प्रक्रिया अहिले पनि जारी छ ।

पञ्चाब युनिभर्सिटीदेखि युनिभर्सिटी अफ बर्मिंघमसम्म

पाण्डेले चंडीगढमा पञ्जाव युनिभर्सिटीबाट अर्थशास्त्रमा एमए गरेका छन् । साथै, बेलायतको युनिभर्सिटी अफ बर्मिंघमबाट एमबीए गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्