काठमाडौं । चार दिन सेयर कारोबार भएको यो साता सेयर बजारमा उल्लास देखा परेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षबाट बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने खालको प्रावधान तथा ऋण लगानीमा नीतिगत लचकता देखाएका कारणले सेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।
पछिल्लो केहिसाता उतार चढाव रहेको बजारमा यो साता भने उछाल नै उछाल देखा परेको छ । लामो समय पछि साताको कारोबार भएको सम्पूर्ण दिन बजार हरियो अर्थात बढेर बन्द भएको छ ।
आइतबार सामान्य अंकले बढेको बजार अन्तिम कारोबार दिन करिब ५० अंकले बढेर बन्द भएको छ । यो साता नेप्से ७१.३ अंकले बढेर २८१५.०४ को बिन्दुमा पुगेर बन्द भएको छ । यो साता ८ करोड ६३ लाख ८२ हजार १ सय ७ कित्ता सेयर बिनबेच हुँदा ४३ अर्ब ९३ करोड ५५ लाख ९० हजार ४ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तो छ साताको सेयर बजार :
साताको पहिलो कारोबार दिन अर्थात् फागुन ११ गते सेयर बजार ११.०६ अंकले बढेर २७५५.४० को बिन्दुमा पुगेर बन्द भएको थियो । आइतबार ३ सय २८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार ९१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । आइतबर हिमालयन रि इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक करोबार भएको थियो ।
साे दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने नेपाल रिलायन्स फाइनान्सको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात् फागुन १२ गते सेयर बजार ३.३५ अंकले बढेर २७५८.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो । सोमबार ३ सय १० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७ सय ५८ रुपैयाँ कारोबार भएको थियो ।
साे दिन ९० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४५ कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको थियो । सोमबार गार्डियन माक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने वीन नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात् फागुन १३ गते सेयर बजार ७.१३ अंकले बढेर २७६५.८८ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो । मंगलबार ३ सय १२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २ सय २७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।
मंगलबार गार्डियन माक्रो लाइफ इन्स्योरेन्स र नेपाल लुवी वेलको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने वीन नेपाल लघुवित्तको सेयरमा मूल्य ८.९७ प्रतिशतले घटेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात् फागुन १५ सेयर बजार ४९.१५ अंकले बढेर २८१५.०४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार १ सय ८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबार हिमालयन रि इन्स्योरेन्स र नेपाल रिको सबैभन्दा धेरै कारोबार भएको छ ।
साे दिन गार्डियन माक्रो लाइफ इन्स्योरेन्ससहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्