Shikhar Insurance
National Life

खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु: मन्त्री यादव

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् । बिहिबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताउँदै पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।

कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए। खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

मन्त्री यादवले भने, ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ रु धेरै जसो शाखाहरु घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्शानमा गयो ।’

मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुन:विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता रहेको बताए ।

मन्त्री यादवले भने, ‘नेपाल खानेपानी संस्थान करिव ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महशुल दरमै चलिरहेको छ । बिजुली त पक्कै फ्रि छैन होला । फ्रि छैन भने महशुलमा पनि हामीले विचार गर्नुपर्छ । अब नियमावली पनि आइसकेको छ । त्यसले तपाईंहरुको लागि धेरै चिज बाधाहरु हटेको छ । महशुलमा पनि पुन:विचार गर्नुपर्छ । त्यसको लागि हामीले छलफल चाँडै गर्नेछौँ । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता पनि हो । यसलाई हामीले आपसमा छलफल गरेर अघि बढ्नुपर्ने छ ।’

मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताए । उनले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिवद्धता जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्