काठमाडौं । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ त्यसकारण सेयर बजारमा सुधार भएकाे हाे ।
साताको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार १ सय ८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्स र नेपाल रिको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रि को ९६ करोड ४७ लाख ३४ हजार रुपैयाँ बढी कारोबार भएको छ भने नेपाल रिको ७६ करोड ४२ लाख ३६ हजार रुपैयाँ बढी संकलन भएको छ ।
बिहीबार गार्डियन माक्रो लाइफ इन्स्योरेन्ससहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्