काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ मा पुगेको हो ।
बिहिबार ३ सय कम्पनीको २ करोड ६१ लख ९९ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुराँस लघुवित्तको ९.२४ प्रतिशत, बोेटलर्स नेपाल (बालाजु) को ८.९९ प्रतिशत, आँखु खोला जलविद्युतको ६.९८ प्रतिशत सहित २१५ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्