Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागले माग्यो आगामी बजेटलाई कर सम्बन्धि सुझाव

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि आन्तरिक राजस्व विभागले सुझाव मागेको छ । विभागले गठन गरेको  आन्तरिक राजस्व उप-समितिले सूचना जारी गरेको हो ।
राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (DST), ई कमर्समा लगाइने करको विषयमा सुझाव दिन सकिनेछ ।

आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर, समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार एवं प्रक्रियागत सरलीकरण तथा व्यवसायीक वातावरण र समग्र अर्थतन्त्रलाई सुधार गर्ने सम्बन्धी सुझावहरु समेटेर विभागको ठेगानमा पठाउन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुझाव २०८१ चैत्र ०५ गतेसम्ममा उपलब्ध गराई सक्नुपर्ने विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्