Shikhar Insurance
National Life

३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातुसहित विमानस्थलबाट चार जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ ।

गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ पर्नेमा ४९ वर्षकी फेजिभा साउदत (FAYZIEVA SAODAT), ४८ वर्षकी अख्मेदोभा उमेदा ( AKHMEDOVA UMIDA), ५४ वर्षकी मारिफालिभा दिलफुजा ( MARIFALIEVA DILFUZA) र ४१ वर्षको तुरसुनोभ सारदोर (TURSUNOV SARDOR) रहेका छन् ।

घटनाबारे थप अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाउने तयारी भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्