Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङले बोलायो चैत १५ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले ५८ औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १५ गते, काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्ने गरी सभा डाकेको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ का हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले नगद लाभांशबापत् ३ करोड २० लाख ७१ हजार ६९५.५ रुपैयाँ (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

कम्पनीका अनुसार सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृतउपर छलफल गरी पारित गर्नेछ। सभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि जम्मा गरेको राहात रकम अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत १ गतेभन्दा अघिसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउँने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्