काठमाडौं । युनाइटेड इडी मर्दि एण्ड आर.बि हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
त्यस्तै, कम्पनीका लगानीकर्तालाई एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर पनि निष्काशन गर्ने निर्णय गरेको छ ।
लाभांश र हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले चैत ११ गते बार्षिक साधारण सभा पनि आव्हान गरिसकेको छ । कम्पनीले बुक क्लोज भने फागुन २३ गतेका लागि तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्