काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार ६औं साधारण सभा चैत १० गते रोयल रिसोर्ट पर्वतमा बिहान ११ बजो आव्हान गरेको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
सभामा बोनस सेयर बाँडेपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ । सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्