Shikhar Insurance
National Life

लघु जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ६२ करोड ५२ लाख, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले ६२ करोड रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ लघु जीवन बीमा कम्पनीहरुले ७ महिनामा ६२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

७ महिनामा सबैभन्दा धेरै व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २४ करोड ५१ लख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, चालु आवको सात महिनामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले २२ करोड ८४ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इनस्योरेन्सले १५ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्