Shikhar Insurance
National Life

‘वैदेशिक सहायता लिनेबारे सोच्ने बेला आयो’ मन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले लिने वैदेशिक सहायता लिने विषयमा धेरै अध्ययन गर्नुपर्ने बताएका छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले वैदेशिक सहायता लिने विषयमा गम्भीर भएर निर्णय लिन आवश्यक रहेको बताएका हुुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्व राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन । तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समिक्षा गर्न बाध्य बनाएको बताए ।

नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्यान गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए ।

नेपालले वैदेशिक परनिर्भरता कम गर्न आफ्नै बजेट अनुसारको काम मात्र गर्नुपर्ने बताए । अमेरिकी सरकारले युएसएआइडि खारेज गर्ने र एमसिसि कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असर बाट नेपालले पाठ सिक्नुपर्ने जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्