Shikhar Insurance
National Life

भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन: सांसद ढकाल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाललले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका हुन् ।

उनले पार्टीले संसदमा बहुमत पुर्‍याएको दिन अकुत कमाएर सम्पतीको माद्यकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राणा कालमा अकुत कमाउनेको सम्पती जसरि राज्य ढुकुटीमा आयो त्यसरि नै ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरुको अकुत सम्पती राज्य ढुकुटिमा ल्याउने दाबी गरे ।

उनले भने, ‘हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन । यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बउिझाउँने छौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो । राजाको सम्पती जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटिमा ल्याउँछौं । ०८४ मा संख्या पुर्‍याउँछौं । खबरदार ।’

उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्