काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ६२ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य १ हजार २५ रुपैयाँ रहेको छ ।
आज गार्डियन माक्रो लाइफ इन्स्योरेन्स र नेपाल लुवी वेलको सेयरमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको सेयरमा मूल्य ८.९७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्