Shikhar Insurance
National Life

कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौ । नेकपा (माओवादी केन्द्र) की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको बताउँदै मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार रु म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्