काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ६ सय ५६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयरको बिक्री मूल्य बिक्रेताले ताके बमोजिम हुने बैंकले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्