काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ९५ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्