Shikhar Insurance
National Life

पाँच निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, सबैभन्दा धेरै सिद्धार्थ प्रिमियरको

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार ०८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । १२ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये ५ कम्पनीहरुले हालसम्म लाभांश घोषण गरेका छन् ।

आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई सबैभन्दा धेरै लाभांश दिनेमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ । कम्पनीले सयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.५२ प्रतिशत दिने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले लाभांश सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको छैन । कम्पनीले अघिल्लो आव ०७९/०८० मा सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिएको थियो ।

नेको इन्स्योरेन्सले पनि लाभांश सम्बन्धी कुनै पनि सूचना प्रकशन गरेको छैन । अघिल्लो आव कम्पनील कुनै पनि लाभांश दिएको छैन । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश सम्बन्धि सूचना प्रकाशन गरेको छैन भने अघिल्लो आव ०७९/०८० मा सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिएको छ ।

एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट ८.७५ नगद लाभांश दिने निर्णय गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट बोनस सेयर ७.५ प्रतिशत र नगल लाभांश ०.३९ प्रतिशत दिने निर्णय गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको छैन । अघिल्लो आवमा भने कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभंश दिएको थियो ।

साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ मा सेयरधनीहरुलाई ९.७३ प्रतिशत बोनस सेयर दिने भएको छ ।

साथै, यूनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई अघिल्लो आव ०७९/०८० मा बोनस सेयर १०.२६ प्रतिशत र नगद लाभांश ०.५४ प्रतिशत दिएको थियो भने यो वर्ष लाभांश सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको छैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्