काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मा ४ माइक्राे इन्स्याेरेन्स कम्पनीहरूले ५० करोड बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार माइक्रो इन्स्योरेन्स कम्पनीहरु ५० करोड २८ लाख बीमाशुल्क आर्जन गरेको हो ।
७ महिनामा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ महिनासम्मा १४ करोड ६८ लाख रुजैयाँ आर्जन गरेको छ ।
त्यस्तै, माघ मसान्तसम्मा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ भने स्टार माइक्रो इन्स्योरेन्सले ११ करोड ६६ लाख रुपैयाँ कमाएको छ ।
साथै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७ महिनासम्मा ११ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्