काठमाडौं । प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकहरुका लागि नयाँ-नयाँ सुविधा मात्रै नभई निक्षेप संकलनमा समेत नयाँ सुविधाहरु ल्याउन थालेका छन् ।
डिजिटल बैंकिङको नाममा बैंकहरुले मोबाइल बैंकिङ, क्रेडिट कार्ड, सी-आस्बा जस्ता सुविधाहरू मार्फत विभिन्न सेवाहरु सेवाग्राहिमाझ दिदैँ आएका छन् । हालै मात्र ‘बैंक अफ द इयर-२०२४’ अवार्ड प्राप्त गरेको सिटिजन्स् बैंकले पनि आफ्ना ग्राहकहरुलाई आकर्षित गर्न नयाँ-नयाँ बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्नो १७ औं वार्षिकोत्वसको अवसरमा बैशाखदेखि ग्राहकका आवश्यकता र स्वास्थ्य समेत ख्याल गर्दै ‘हेल्थ एण्ड वेल्थ’ योजना ल्याएको छ । यस योजनामा जुनसुकै उमेर समुहका मानिसहरुले सहभागिता जनाउन सक्नेछन् ।
बैंकका डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापाका अनुसार ग्राहकहरुले बैंकको यस योजना मार्फत होलबडी चेकअपसँगै आँखा, दाँत र छालाको समेत उपचार नि: शुल्क पाउन सक्छन् । यसका लागि बैंकले विभिन्न गुणस्तरिय अस्पतालहरुसँग सम्झौता भरेको छ । ग्राहकको बचतसँगै स्वास्थ्य सेवाको लागि पनि बैंकले यस योजना ल्याएको हो ।
पहिलो वर्षका लागि नि: शुल्क मोबाइल बैंकिङ र कार्ड
बैंकले नयाँ खाता खोल्दा पहिलो वर्षमा नि:शुल्क इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्डको सुविधा दिएको छ । एक वर्षको अवधि सकेपछि प्रयोगकर्ताले मन परे त्यसलाई पुन: सूचारु गरी प्रयोग गर्न सक्छन् भने मन नपरेको खण्डमा त्यस्लाई सजिलै हटाउन पनि सकिने डिपोजिट मार्केटिङ हेड थापाले बताए ।
नि:शुल्क होल बडी चेकअप
सिटिजन्स बैंकले ग्राहकहरुका लागि नयाँ सुविधा थप गरेको छ । बैंकको वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई नि: शुल्क सेवा उपलब्ध गराएको छ । होल बडी चेक अप गराउँदा शारिरिक आवस्था कस्तो छ भन्ने विषय ग्राहले सजिलै पत्ता लगाउन सक्नेछन् । यदी ग्राहले आफ्नो हिसाबले होलबडी चेकअप गराउने हो भने अस्पताल अनुसार महँगो मूल्यमा चेक अप गराउनु पर्ने हुन्छ । तर बैंकमा खाता खोल्दा नै बैंकले यस्तो सुविधा ल्याएको हो ।
नि: शुल्क दन्त परामर्श
समग्र स्वास्थ्यको लागि मुख र दाँतको स्वास्थ्य पनि महत्त्वपूर्ण हुन्छ । यस खाता मार्फत वर्षमा एक पटक नि: शुल्क दन्त परामर्श पाउने सुविधा प्राप्त हुने थापाले जनाए ।
नि: शुल्क आँखा परामर्श
दृष्टि सम्बन्धी समस्या हुन नदिन, आँखा चेकजाँच समय-समयमा गराउन आवश्यक छ । सो कुरालाई मध्यनजर गर्दै बैंकले यो योजना मार्फत नि:शुल्क आँखा परामर्श सुविधा प्रदान गरेको छ ।
डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापाले भने, “हेल्थ एण्ड वेल्थ बचत खातामा ब्याज मुद्धति निक्षेप बराबर नै छ । किनभने बचत मै मुद्धती बराबरको ४.५ प्रतिशतसम्मको ब्याजदर यो योजनामा समावेश छ । यसमार्फत बैंकले वर्षमा एकचोटी होलबडी चेकअप साथ-साथै दाँत र आँखाको नि:शुल्क परामर्श दिने योजना ल्याएको छ।”
यही प्रोडक्टमा बैंकले ‘इमर्जेन्सी फण्ड क्रिएसन’ गर्ने भन्ने पनि कन्सेप्ट लिएर आएको उनले बताए । उनले थपे, “ग्राहकहरुले हरेक महिनामा एक-एक हजार ‘मेरो बचत’ बाट फोर्स सेभिङ जस्तो गरेर एउटा खातामा हालिदिदाँ हुन्छ । यो खाता पनि बचतसँगै खोल्न मिल्ने बनाइएको छ । यसमा मुद्धती खाता बराबरकै रिटर्न आउँछ । कहिले काहिँ मेडिकलको लागि तुरुन्तै पैसा चाहिएको अवस्थामा हामी मेडिकल कार्ड पनि दिन्छौँ । त्यसमा तुरुन्तै पैसा चाहियो भने क्रेडिट कार्ड प्रयोग गरि एक लाखसम्मको सेवा प्रयोग गर्न मिल्नेछ ।”
ग्राहकहरुका लागि ‘सुरक्षित बचत खाता’ भन्ने इन्स्योरेन्सको प्रोडक्ट पनि बैंकमा उपलब्ध रहेको उनी बताउँछन् ।बैंकका अनुसार कम्तिमा १ हजार रुपैयाँ ब्यालेन्स राखेर जो सुकैले खाता खोल्न सक्नेछन् । ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै अर्को युवा पुस्ताहरुका लागि ‘स्मार्ट बचत’ खाता पनि ल्याएको छ, जुन सम्पुर्ण रुपमा डिजिटल र ग्रिन प्रोडक्ट भएको बैंकको भनाई छ ।
मार्केटिङ हेड पारस बिक्रम थापाले भने “यो टार्गेट नै युवा पुस्ताका लागि ल्याइएको हो । जो अहिलेको टेक्नोलोजिसँग एकदमै व्यस्त छन् । यो खाता खोल्नेहरुलाई एक वर्षसम्म मोबाइल बैंकिङ, कार्ड सेवा नि:शुल्क हुनुका साथै अर्को वर्षदेखि ५० प्रतिशत छुट सहितको व्यवस्थामा दिन्छौँ । यो चाहिँ पूरै डिजिटल्ली कारोबार गर्नेहरुका लागि हो । यसमा इन्भारमेन्ट सर्पोट गर्ने भनेर एउटा खाता खोले बराबरको एउटा रुख रोप्ने भनेर भनेका छौँ।”
सिटिजन्स बैंकमा सबैलाई हुने खालका बचत खाताहरु रहेका छन् । बच्चाका लागि मुना बचत, महिलाका लागि खाता, युवाका लागि गरी सबै उमेर समुहका लागि हुने खालको प्रोडक्टहरु रहेका छन् । बैंकले मोबाइल बैंकिङमार्फत नै मुद्दति निक्षेप राख्न सकिने ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना पनि ल्याइसकेको छ । बैंकले निक्षेप तर्फका ग्राहकहरूलाई लक्षित गरी ‘डिजिटल फिक्स डिपोजिट’ योजना ल्याएको हो ।
‘फिक्स्ड डिपोजिटमा पनि खत्रा नै रिटर्न दिने खालको एक्स्ट्रा डिपोजिट ल्याएका छौँ । त्यो भनेको फिक्स डिपोजिटको जुन डिपोजिट आउँछ त्यो नर्मली बचतमा जान्छ । तर एक्स्ट्रा फिक्स डिपोजिट खोल्यो भने बचतमा आएको ब्याज पनि चलाउँदिन । फिक्स डिपोजिटको पनि फिक्स डिपोजिट बराबर नै रिटर्न आए हुन्थ्यो । भन्ने खालको ग्राहकलाई हामीले एक्स्ट्रा फिक्स डिपोजिट भनेर राखेका छौँ” मार्केटिङ हेड पारस बिक्रम थापाले थपे ।
उनका अनुसार यस खातामा जुन मुद्धतीबाट आएको ब्याजदर हो त्यो पनि गएर रिकरिङ डिपोजिटमा गएर बस्छ । रिकरिङमा पनि फेरी मुद्धती बराबरकै रिटर्न आउँछ । सिटिजन्स बैंकले सेवा सुविधामा ग्राहकलाई कसरी सहज तरिकाले बैंकिङ गर्ने हो ? त्यसमा फोकस गर्ने उनको दाबी छ ।
बैंकको सेवामा ‘नमस्ते कल्चर’ भन्ने पनि रहेको उनले जानकारी दिए, जसमा हरेक ग्राहकलाई बैंकले सुविधामार्फत नमस्ते गर्नै पर्ने भन्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्