Shikhar Insurance
National Life

निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्ब २७ करोड, टप वानमा शिखर इन्स्योरेन्स

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष ०८०/०८२ को माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज (फागुन १२) गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

चालु आवको ७ महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माघमसान्तसम्मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब २ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सो अवधिमा १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ७ महिनामा १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ कमाएको छ ।

माघ मसान्तसम्मा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  सानिमा जिआइसी इन्स्योरेन्सको १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ आर्जन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ९५ रुपैयाँ आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले ७ महिनामा १ अर्ब ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सको ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क गरेको छ ।सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको ९४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्