काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छिन । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्त्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाइन् ।
उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् । उनले स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्