Shikhar Insurance
National Life

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त, बलिया प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्ष बन्ने ३३ वर्षका ओझा को हुन् ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार २१:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

बीमा प्राधिकरणको इतिहासमा सबैभन्दा कम उमेरमा अध्यक्ष बन्ने ओझा पहिलो व्यक्ति हुन् । उनी नेपाली काँग्रेसको कोटाबाट अध्यक्ष भएका हुन् । अध्यक्ष बन्न १२ जना प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये सर्ट लिष्टमा रामशरण पुडासैनी, कमल रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बसौला र शरद ओझा रहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष बन्नका लागि रामशरण पुडासैनीले ठूलो प्रयास गरेका थिए । हाल कृषि बैंकको अध्यक्ष रहेका पुडासैनी नेकपा एमालेको कोटाबाट अध्यक्ष बन्न खोजेका थिए ।

ओझाले त्रिभुवन विश्व विद्यलयबाट मास्टर्स अफ बिजनेश स्टडिज बिजनेश एड्मिनिस्ट्रेसन म्यानेजमेन्ट एकाउन्टेन्सीमा स्नाताकोत्तर गरेका छन् । यस्तै, ‘ल’ क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।

मिडिया र कर्पोरेट क्षेत्रहरूमा उच्च व्यवस्थापनमा काम गरेका ओझा अध्यापन, वित्तीय क्षेत्र रिपोर्टिङ, र स्टक ब्रोकरेज फर्महरू सहित विभिन्न क्षेत्रहरूमा १२ वर्षको अनुभव छ । काठमाडौंका विभिन्न प्रतिष्ठित कलेजहरुमा अध्यापन गराउने ओझा सूक्ष्म आर्थिक नीति विश्लेषण, संचार, र घटना व्यवस्थापन विशेषज्ञता राख्छन्। उनले अधिवक्ताको काम समेत गर्दै आएका छन् ।

ओझाको गृह जिल्ला कैलाली हो । अध्ययनको सिलसिलामा काठमाडौं आएका ओझाले सानै उमेरमा ठूलो सफलता प्राप्त गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्