Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७ सय ५८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ९० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार ९५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९९० रुपैयाँ रहेको छ ।

आज गार्डियन माक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्