काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको भाउ आज १ लाख ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लोे दिन १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्