Shikhar Insurance
National Life

रुसले साढे तीन खर्ब डलर बराबरको प्राकृतिक स्रोतमा कब्जा जमायो-युक्रेन

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार ०६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । रुसले युक्रेनको प्राकृतिक स्रोहरुमा कब्जा जमाएको युक्रेनले बताएको छ । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले बताएका हुन् ।

विगत ३ वर्षदेखी युद्ध लडिरहेका दुई देश मध्ये रुसले युक्रेनको महत्वपुर्ण भुभागहरु कब्जामा लिएको छ । ती भुभागहरुमा ठूलो मात्रामा प्राकृतिक स्रोतहरु रहेको युक्रेनी अधिकारीहरुले बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युद्धमा फसेको युक्रेनमाथी अमेरिकाले ५ खर्ब अमेरिकी डलर बराबरको प्राकृतिक स्रोतको सम्जौता गर्न दबाब दिइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफूहलाई ५ खर्ब डलर बराबरको प्राकृतिक स्रोत दिनुपर्ने दबाब दिइरहेको छ ।

किएभले भने राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ ।

तर युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ । “दुर्भाग्यवश, अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ”, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने । उनका अनुसार भण्डारहरूको केही तथ्याङ्कहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्याङ्कमा आधारित छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरू जस्ता महत्त्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् ।

तिनीहरू इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्त्वपूर्ण छन् । ट्रम्प र उनका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युक्रेनको एक स्रोतले शनिबार एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन ‘तयार हुनुहुन्न’ । उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए । “कसैले पनि केही अस्वीकार गरेका छैनन् । सामान्य कार्य प्रक्रिया चलिरहेको छ र यसमा एक दिन वा महिना लाग्न सक्छ”, उनले किएभमा पत्रकार सम्मेलनमा भनेका छन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प आएपछि उनी रुस युक्रेन युद्धमा रुसको पक्षमा उभिएका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई तानाशाह भन्न भ्याएका छन् । भने युक्रेन कुनै दिन रुसको हुन सक्ने विवादित अभिव्यक्ति दिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्