Shikhar Insurance
National Life

‘नीतिगत समस्या र राजनीतिक स्वार्थका कारण नेपालले जलवायु क्षेत्रमा लक्ष्यअनुसार काम भएन’

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नीतिगत समस्याका कार्य लक्ष्यअनुसार जलवायु कार्य गर्न नसकिएको बताएका हुन्  ।

उनले  सार्वजनिक प्रतिवेदन जलवायु कार्य गर्नको भइरहेका समस्या र समाधानसहित प्रतिवेदन सार्वजनिक गर्नुभएको दाबी गरे । उनले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएका कारण व्यवस्थापीकय क्षमता कमजोर हुँदै गएको बताए । सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दाताहरुको सहयोगमा जलवायु परिवर्तनको असर कम गर्नको लागि सञ्चालित आयोजनाहरुको विश्लेषण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा विश्व बैंक, एशियाली विकास बैंक, जर्मन सरकार, ग्रीन क्लाइमेट फन्ट ९जिसिएफ०को सहयोगमा सञ्चालित आयोजनाहरुको विश्लेषण गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्