Shikhar Insurance
National Life

युएसएड एमसीसीबाट बचेको ४०० अर्ब डलर डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई वितरण गर्ने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीमापार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (DOGE) बाट बच्ने २० प्रतिशत रकम अमेरिकी जनताहरुलाई वितरण गर्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले खर्च कटौतिबाट बचेको २० प्रतिशत रकम नगरिकहरुलाई वितरण गर्ने घोषणा गररेका हुन् ।

ट्रम्पले भनेका छन्, “खर्च कटौतिबाट जोगिएको २० प्रतिशत रकम अमेरिकी नागरिक वितरण गर्ने योजना बनाएका छौं, २० प्रतिशत अमेरिकाको ऋण तिर्न प्रयोग गर्नेछौं।” अमेरिकाको सार्वजनिक ऋण मात्रै ३३ ट्रिलियन डलर पुगेको छ । सार्वजनिक ऋण घटाउने पक्षमा ट्रम्प उभिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डीओजीई विभाग अहिले अर्बपति व्यापारी इलन मस्कले हाकिरहेका छन् । सो विभागमा मस्क आउने बित्तिकै ४ जना कर्मचारीको स्थानमा एक जनाले मात्रै काम गर्नेगरी कर्मचारी कटौतिको प्रस्ताव गरेका छन् । यस्तै, अमेरिकाले दिने विश्वव्यापी अनुदानहरुमा पनि व्यापक कटौतिहरु भएको छ । यसबाट अमेरिकाको २ ट्रिलियन डलर जोगिने अनुमान छ ।

अमेरिकी जनताका लागि ४०० अर्ब डलर वितरण गर्ने ट्रम्पको योजना छ। पुर्व सरकारले अनावश्यक ठाउँमा लागानी बढाएको र आफ्ना जनतालाई सुविधा दिन नसकेको भन्दै ट्रम्पले चर्को आलोचना गर्दै आएका छन् । नेपालमा संचालनमा रहेको युएसएड र एमसीसी समेत अमेरिकाले रोकिदिएको छ ।

नेपाल विश्वमै सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा पर्ने भन्दै ट्रम्पले नेपालमा अनुदान दिन उपर्युक्त नहुने दाबी गरेका हुन् । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१ फागुन २ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको लागि स्थगन गराएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्