Shikhar Insurance
National Life

११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ७, बुधबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६९ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । चाँदी आज १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्