काठमाडौं । रुससँग युद्द गर्न युक्रेनी भुमिमै सेना पठाउन यूरोपका देशहरु तयार भएपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिन भने युक्रेनका राष्ट्रपति भोलोडीमिर जेलेनेस्कीसँग वार्ता गर्न तयार भएका छन् ।
रुस-युक्रेन युद्ध रोक्नका लागि साउदी अरबमा रुसी र अमेरिकी टोलीले वार्ता गरिरहेको छ । क्रेमलिनका प्रवक्ता डिमिट्रिभ पेस्कोभले भनेका छन्, “ आवश्यक परेको खण्डमा युक्रेनका राष्ट्रपति भोलोडीमिर जेलेनेस्कीसँग वार्ता गर्न पुटिन तयार छन् । यो विषय पुटिन आफैंले भनेका छन् ।” साउदी अरबमा दुई देशका प्रतिनिधिहरु मात्रै वार्तामा बसेपछि युरोपियन देश, चीन र युक्रेनले भने असहमति जनाएको छ ।
जर्मनीमा भएको आकस्मिक सुरक्षा बैठकमा बेलायत, फ्रान्स, पोल्याण्ड, जर्मनीका नेताहरुले आवश्यक परे युक्रेनी भुमीमा आफ्ना सेनाहरु खडा गर्ने बताइसकेका छन् । युक्रेनले पनि आफ्नो सहभागिता बिनाको वार्ता अस्वीकार गर्ने बताइसकेको छ । यद्यपी युरोपेली देशहरुको सहयोगकाबिच अमेरिकी सहयोग बिना नै युद्धको तयारी गर्ने या नगर्ने भन्ने विषयमा युक्रेनी राष्ट्रपति जेलेनेस्की निर्णय लिनेछन् ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले विश्व शक्ति समिकरण नै परिवर्तन हुनेगरी नयाँ-नयाँ निर्णय लिइरहेका छन् । केहि दिन अघि मात्रै रुस-युक्रेन युद्धमा अमेरिकाले युक्रेनका लागि दिएको सबै रकम फिर्ता गर्नुपर्ने बताएका छन् । ट्रम्पले पाँच खर्ब अमेरिकी डलर बराबरको रकमको प्राकृतिक स्रोत दिनुपर्ने धारणा राखेका छन् ।
विश्व शक्ति समिकरण फेरिन सक्ने
अमेरिकामा ट्रम्पको उदयसँगसँगै विश्व शक्ति समिकरणमा बदला देखिने भएको छ । दोस्रो विश्व युद्धपछि अमेरिका युरोपेली देशहरु भारत, युक्रेन, इजरायल, जापान दक्षिण कोरिया एक शक्तिका रुपमा थिए । यसैगरी, चीन,रसिया, इरान, उत्तर कोरिया एकै शक्ति समिकरणमा थिए ।
अब भने शक्ति समिकरणमा नै परिवर्तन हुने अनुमान गर्न थालिएको छ । राष्ट्रपति ट्रम्पले रसियालाई नजिक बनाएर चीन विरुद्ध व्यापार युद्ध सुरु गरेका छन् । चीनले रसिया अमेरिकाको शान्ति वार्तामा सबै पक्षको सहभागिताको माग गरेको छ । यसबाट यदी अमेरिकाले युरोपियन युक्रेन शक्ति समिकरण छाडे अब चीन सहितको नयाँ शक्ति समिकरण बन्नेछ । यदी अमेरिकाले नेटो गठबन्धन छाडे, रसिया भारत इजरायल, अमेरिकाको एक समिकरण बन्नेछ । भने युरोपियन देशहरु सहित चीन, इरान युक्रेननको नयाँ शक्ति समिकरण बन्नेछ ।
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रूसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरूले भेट गरिरहेका छन् र वार्ताबाट क्रेमलिनले सम्बन्धको ‘पुनःस्थापना’ हुने आशा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेदेखि र अमेरिकी अधिकारीहरूले रुसप्रतिको नीतिमा परिवर्तन सङ्केत गर्ने भाषणहरू दिएपछि मस्कोमा वासिङ्टनले युक्रेन आक्रमणका कारण लगाइएका प्रतिबन्धहरू हटाउन सक्ने आशा बढेको छ । “हामीसँग अर्थतन्त्रमा धेरै महत्त्वपूर्ण मार्ग छ”, रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख र वार्ताका लागि मस्कोका आर्थिक वार्ताकार किरिल दिमित्रिएभले सरकारी टेलिभिजन भने, “हामीसँग प्रस्तावहरूको शृङ्खला छ, जसको बारेमा हाम्रा सहकर्मीहरूले सोच्दैछन् र मलाई लाग्छ कि आगामी दुई–तीन महिनामा सम्भवतः यति टाढाको भविष्यमा प्रगति हुनेछ ।” उनले ती प्रस्तावहरू के थिए वा अर्थतन्त्रबारे कुनै भविष्यका वार्ताहरू कहिले हुनेछन् भनेर विशेष रूपमा बताएनन् ।
संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका र पहिले गोल्डम्यान स्याक्समा काम गरेका दिमित्रिएभ क्रेमलिनका लागि महत्त्वपूर्ण वार्ताकारका रूपमा छन् । अमेरिकाको नेतृत्वमा पश्चिमले सन् २०२२ मा युक्रेनमा सेना पठाउँदा रुसमाथि प्रतिबन्ध लगाएको थियो । मस्कोले विगत तीन वर्षमा आफ्नो सेनामा व्यापक रूपमा खर्च बढाएको छ । यसबाट रुसलाई मन्दीबाट बचाउन मद्दत गरेको छ तर घरमा उच्च मुद्रास्फीति र असन्तुलन निम्त्याएको छ ।
विशेषज्ञहरूले सेना र हतियारहरूमा यस्तो उच्च खर्च लामो समयसम्म दिगो नहुने बताएका छन् । तर दिमित्रीभले पश्चिम यसको आफ्नै प्रतिबन्ध नीतिको मुख्य सिकार हो भन्ने क्रेमलिनको भनाइलाई दोहोर्याए । “वार्ता सुरु गर्नु र प्रतिबन्धले रुसभन्दा अमेरिकी कम्पनीहरूलाई बढी असर गरेको भन्नु महत्त्वपूर्ण छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्