काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
उनले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताए । उनले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताए ।
उनले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गरे । उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताए । उनले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे ।
उनले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्