काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नकोलागि लेखा समितिले सहयोग गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै लेखा समितिका सभापति पोखरेलले जलविद्युतको आईपिओ रोकिएको विषयमा वाद–विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्नेमा पनि जोड दिए ।
सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुन: छलफलगरी समाधान गर्न सकिने उनले बताए।
‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनको लागि अर्थ समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने–‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’
डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको अवस्था रहेको बताए । उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरिएको स्पष्ट पारे ।
‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने–‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्