काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ मा पुगेको हो ।
सोमबार ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार ३५५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्युनतम मूल्य १ हजार ११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्